सोमबार, मंसिर ३ गते २०८१

तमलोपा र प्रगतिशील पार्टीबिच सहकार्यको घोषणा

तमलोपा र प्रगतिशील पार्टीबिच सहकार्यको घोषणा

अखबार दैनिक
बुधबार, फागुन ९ २०८०
  • तमलोपा र प्रगतिशील पार्टीबिच सहकार्यको घोषणा

    काठमाडौँ । ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबिच कार्यगत एकता भएको छ । दुवै पार्टीका दुवै जना अध्यक्षले आज पाँच बुँदे सहकार्यपत्रमा हस्ताक्षर गरी कार्यगत एकताको घोषणा गरेका हुन् ।

    images

    नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, सबै प्रकारका विभेद अन्त्य गर्न, निरन्तर बिग्रँदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन तथा लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन दुवै दलले सहकार्य गर्ने सहमति गरेका छन् ।

    उनीहरुले यी विषयहरूमा सहमत हुन सक्ने लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका दलहरूलाई यो सहकार्यको अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

    जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले सहकार्यका लागि यस्तै प्रस्ताव लोसपालाई पनि गरेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर र प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी बिच यस विषयमा कुराकानी पनि भएको छ । लोसपासँग सहकार्यको टुगों नलाग्दै त्रिपाठीले तमलोपासँग आज सहकार्यका लागि आज घोषणा गरेका छन् ।

    वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा पनि महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग भएर गठन भएको हो । महन्थ ठाकुरबाट अलग भएर दुवै जनाले पार्टी गठन गरेपनि खासै प्रगति गर्न सकेनन् । २०७९ को चुनावमा दुवै जना पराजित भएका हुन् । 

    tamalopa-tripathi_YVl2bvZl9f.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ