बुधबार, वैशाख १९ गते २०८१

कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल

कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल

अखबार दैनिक
आइतबार, फागुन ६ २०८०
  • कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल

    एजेन्सी । मेला होस् या बजार कटन क्यान्डी देख्ने बित्तिकै साना बालबालिकाहरु किन्ने जिद्दी गर्न थाल्छन् । रोई कराई गरेर भए पनि नखाई छाड्दैनन् । ठुलै मान्छेले पनि यो रमाई रमाई खाएको देखिन्छ । बालबच्चामाझ बढी नै लोकप्रिय यो मिठाईमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ । चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ ।

    images

    शरीरभित्र गएपछि यो क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ । यो रिपोर्ट सार्वजनिक भएपछि भारतको पुडुचेरी र तमिल नाडु सरकारले यसमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको उद्देश्य क्यान्डी बनाउने, क्रेता र उपभोगकर्ताबिच यसमा रहेको हानिकारक केमिकलबारे जागरूकता बढाउनु भएको तमिलनाडुका स्वास्थ्य मन्त्री एम सुब्रमण्यमले भने । खान मिठो लाग्ने भए पनि यो स्वास्थ्यको लागि अति नै खतरनाक भएको पनि उनले बताए । सबैतिर सतर्कता र सचेतना फैलिए पनि बिना रङ्गको कटन क्यान्डी बेचिने उनले बताए ।

    कटन क्यान्डी खाँदा हुन सक्ने क्षति
    स्वास्थ्य अधिकारीहरूका अनुसार रोडोमाइन–बी एक प्रकारको डाई हो । यसको प्रयोग छाला चम्काउनदेखि कागज छाप्न समेत प्रयोग हुन्छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । शरीरमा गयो भने यसले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्नमा समस्या आदि गराउँछ । लामो समयसम्म यसको सेवन गर्दा किड्नी, लिभर र आन्द्रामा जमेर किड्नी र लिभर फेल हुने र आन्द्राको क्यान्सर गराउने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ