आइतबार, जेठ ६ गते २०८१

जापानमा सेनाको ‘हेयर स्टाइल’ सम्बन्धी नियम खुकुलो पारियो

जापानमा सेनाको ‘हेयर स्टाइल’ सम्बन्धी नियम खुकुलो पारियो

अखबार दैनिक
आइतबार, फागुन ६ २०८०
  • जापानमा सेनाको ‘हेयर स्टाइल’ सम्बन्धी नियम खुकुलो पारियो

    एजेन्सी \ टोकियो । जापानमा सेनाका जवानहरुको हेयर स्टाइलसम्बन्धी नियम केही खुकुलो पारिएको छ । अब लामो कपाल भएका युवाहरुलाई समेत सेनामा भर्ती लिइने भएको छ ।

    images

    थप युवाहरुलाई सैन्य क्षेत्रतर्फ आकर्षित गर्न यस्तो कदम चालिएको रक्षा मन्त्रालयले बताएको छ । चीन र उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा जापानले सेनामा भर्तीका लागि चाहिने जति युवाहरु पाइरहेको छैन । तर अप्रिलदेखि भने लामा कपाल भएका पुरुष र छोटो कपाल भएकी महिलालाई समेत भर्ना लिइनेछ ।

    नयाँ नियम अन्तर्गत पुरुष जवानले शीर अगाडी लामो र पछाडी छोटो कपाल राख्न पाउनेछन् । महिलाहरुले पनि लामो कपाल राख्न पाउनेछन् । तर पोशाक लगाएको बेलामा कपाल बाँध्दा कुमभन्दा तल खस्ने हुनु हुन्न् । अनि हेलमेट लगाउँदा पनि समस्या आउन नहुने बताइएको छ ।

    पछिल्लो समय चीनले सैन्य क्षमतामा व्यापक वृद्धि गरिरहेको छ । उत्तर कोरियाले पनि आफ्नो मिसाइल र परमाणु कार्यक्रम आक्रामक रुपमा बढाइरहेको छ । जन्मदर कीर्तिमानी न्यून स्तरमा रहेको अनि जनसंख्या घटिरहेको स्थितिमा जापानको सेना पछिल्लो समय क्षमताभन्दा १० प्रतिशतभन्दा कममा चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार