आइतबार, जेठ ६ गते २०८१

ग्रीसमा समलिङ्गी विवाहलाई मान्यता

ग्रीसमा समलिङ्गी विवाहलाई मान्यता

अखबार दैनिक
शुक्रबार, फागुन ४ २०८०
  • ग्रीसमा समलिङ्गी विवाहलाई मान्यता

    एजेन्सी । ग्रीसले समलिङ्गी विवाहलाई मानयता दिएको छ । त्यहाँको संसदले ठूलो कदम उठाउँदै यस्तो मान्यता दिएको हो । यस्तो विवाहलाई कानुनी मान्यता दिने ग्रीस पहिलो परम्परावादी ईसाई देश हो । समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने प्रस्तावको पक्षमा संसदमा १७६ र विरुद्ध ७६ मतले पारित भएको थियो । योसँगै ग्रीसमा अब समलिङ्गी दम्पतीले कानुनी रूपमै धर्मपुत्र धर्मपुत्री राख्न सक्नेछन् । 

    images

    ‘नयाँ कानूनले निकै साहसी पूर्ण ढंगले यो गम्भीर असमानतालाई हटाउनेछ ।’ प्रस्ताव पारित भएपछि ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने । यो कानूनबारे सर्वसाधारणहरु बाँडिएको देखिन्छ । समलिङ्गी विवाहलाई स्वीकृतिविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेको छ । अर्थाेडक्स चर्चका प्रमुख आर्कबिशप लेरोनिमोसले यो कदमले देशमा सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार