बिहीबार , वैशाख २७ गते २०८१

टेलिश्रृंखला ‘छोरी–चेली’ आजदेखि प्रसारणमा

टेलिश्रृंखला ‘छोरी–चेली’ आजदेखि प्रसारणमा

अखबार दैनिक
शुक्रबार, फागुन ४ २०८०
  • टेलिश्रृंखला ‘छोरी–चेली’ आजदेखि प्रसारणमा

    काठमाडौँ । ‘छोरीलाई पनि समान व्यवहार गरौँ, छोरा–छोरी दुवै बराबरी’ भन्ने सन्देश दिने नयाँ टेलिश्रृंखला ‘छोरी–चेली’ आज फागुन ४ गते शुक्रवारदेखि प्रसारणमा आउने भएको छ । 

    images

    महादेव त्रिपाठी (जादुगर), राजेन्द्र गिरी (गुन्द्रुके) तथा देवी तामाङद्वारा संयुक्त रूपमा निर्माण भएको  टेलिश्रृंखला प्रत्येक शुक्रवार साँझ ६ बजे छोरी चेली युट्युब च्यालन मार्फत हेर्न सकिनेछ । 

    शिव शर्मा कँडेलको लेखन तथा निर्देशन रहेको टेलिश्रृंखला स्वीकृति खरेल, लक्ष्मीनाथ तिमिल्सिना, उत्तम कोदे, चण्डिका बस्नेत, सागर गिरी, मिलन मगर, विवेक मगर, आशा विश्वकर्मा, विष्णु कार्की, शान्ता गिरीलगायतका कलाकारको अभिनय छ । 

    बालकलाकारहरु दियानी गिरी, सिद्धिका कँडेल, आरोही कार्की, सुशील मगर तथा यूनिका तामाङको पनि अभिनय रहेको टेलिश्रृंखलामा विनय कार्कीको पाश्र्व संगीत, शिव शर्माको शब्द तथा गायिका नन्दनी अधिकारीको स्वर छ ।

    विनोद पुरीद्वारा छायांकन गरिएको यो शृङ्खलाको सम्पादन सुरेश श्रेष्ठले गरेका हुन् । टेलिश्रृंखलाको पटकथा तथा संवाद निर्देशक शिव शर्मा कँडेलले नै लेखेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ