काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आफूले प्रधानमन्त्रीसँग छलफल गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाइएको स्पष्टीकरण दिएका छन् । ‘बजेटको विषयमा सिस्टम भित्र घनिभूत छलफल हुन्छ । प्रधानमन्त्रीसँग, अर्थ मन्त्रालयभित्र स्वच्छ वृहत् छलफल हुन्छ । प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ । यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन’, शुक्रबारको पत्रकार सम्मेलनमा उनले भने ।
अर्थमन्त्रील महतले भने, ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ । विषयलाई अतिरञ्जित गरिदिनु भएन ।’ यस्तै राष्ट्रिय योजना आयोगले दिएको सुझावलाई समेत अर्थ मन्त्रालय विशेष अध्ययन र मनन गर्ने अर्थमन्त्रीले बताए ।