आइतबार, जेठ ६ गते २०८१

विशेष क्षमताका विद्यार्थीहरूका लागि निर्मित विद्यालयको समुद्‍घाटन

विशेष क्षमताका विद्यार्थीहरूका लागि निर्मित विद्यालयको समुद्‍घाटन

अखबार दैनिक
बिहीबार , फागुन ३ २०८०
  • विशेष क्षमताका विद्यार्थीहरूका लागि निर्मित विद्यालयको समुद्‍घाटन

    काठमाडौं । नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्‍त सैनिकका विशेष क्षमता भएका सन्ततीहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले निर्माण गरिएको वरदान सैनिक विशेष दिवा विद्यालयको आज प्रधान सेनापति महारथी प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले समुद्‍घाटन गर्नुभयो । 

    images

    सैनिक श्रीमती संघको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको मिति २०७९ मङ्सीर १४ गते प्रधान सेनापति तथा सैनिक श्रीमती संघकी अध्यक्षले शिलान्यास गर्नु भएको थियो । सैनिक श्रीमती संघको संरक्षकत्वमा संचालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ ।  

    आज आयोजित समुद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापतिले परोपकारका क्षेत्रमा क्रियाशील सैनिक श्रीमती संघको पहलतामा निर्मित यस विद्यालय बहालवाला र अवकाश प्राप्‍त सैनिक व्यक्तिहरूका विशेष क्षमता भएका सन्ततीहरूको शिक्षा र जीवनोपयोगी क्षमता विकाशमा महत्त्वपूर्ण सावित हुने विश्‍वास व्यक्त गर्नुभयो ।

    उहाँले संघका सेवामूलक गतिविधिहरूको सराहना गर्दै यस विद्यालय संचालनका लागि सहायता जुटाउन आयोजित वरदान सुर सन्ध्यामा सहयोग पुर्‍याउने कलाकारहरू लगायत सम्वध्द सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । संघका अध्यक्ष सुनिता शर्माले वि।सं। २०४० कार्तिक २२ गते स्थापित सैनिक संघ सैनिक व्यक्तिहरूका परिवारको कल्याण सँगसँगै विपद प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहँदै आएको कुरा बताउनु भयो । 

    समुद्‍घाटन समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित हुनुहुन्थ्यो । यस्तै नेपाली सेना कल्याणकारी वोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ।प्रा।), रथीबृन्द तथा अधिकृत लगायत सैनिक संघका वर्तमान र पूर्व पदाधिकारीहरू, कलाकारहरू, विभिन्‍न सैनिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूका साथै सकल दर्जाको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार