आइतबार, जेठ ६ गते २०८१

पत्रकारद्वय भट्ट र कुँवर थुनामुक्त

पत्रकारद्वय भट्ट र कुँवर थुनामुक्त

अखबार दैनिक
बिहीबार , फागुन ३ २०८०
  • पत्रकारद्वय भट्ट र कुँवर थुनामुक्त

    काठमाडौं । विद्युतीय अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका दुई जना पत्रकार थुनामुक्त भएका छन् । माउन्टेन टेलिभिजनमा कार्यरत पुष्कर भट्ट र आभाष कुञ्ज दैनिकमा कार्यरत ऐश्वर्या कुँवरलाई कञ्चनपुर प्रहरीले बुधबार राति थुनामुक्त गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले दुवै जनालाई अनुसन्धानका क्रममा बोलाएका बेला हाजिर हुने गरी आफन्तको जिम्मा लगाइएको बताए । पत्रकार भट्ट र कुँवरलाई कञ्चनपुर प्रहरीले प्रहरीविरुघ सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको भन्दै शनिबार पक्राउ गरेको थियो ।

    आइतबार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यो बीचमा प्रहरीले यसै मुद्दामा अन्य चार जनालाई समेत पक्राउ गरेको थियो । उनीहरुलाई समेत हाजिर जमानीमा छोडिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार