आइतबार, जेठ ६ गते २०८१

सुनसरीबाट ४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

अखबार दैनिक
मंगलबार, फागुन १ २०८०
  • सुनसरीबाट ४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

    सुनसरी । बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट करिब ४ सय ६ किलो ९ सय ४० ग्राम लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।  गएराति पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् । 

    images

    ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारेको हो । सो क्रममा चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार