बुटवल। जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टिएको छ । उच्च अदालत सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय घोराहीको निर्णय उल्ट्याउँदै थप अनुसन्धान गरेर मुद्दा चलाउन निर्देशन दिएको हो ।
प्रहरीले घोराही १५ स्थित तुलसीपुरचोक निवासी सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।