बुधबार, वैशाख १९ गते २०८१

वीर अस्पतालले सुरु गर्‍यो जटिल ट्युमरबारे अन्तरक्रिया कार्यक्रम

वीर अस्पतालले सुरु गर्‍यो जटिल ट्युमरबारे अन्तरक्रिया कार्यक्रम

अखबार दैनिक
आइतबार, माघ २८ २०८०
  • वीर अस्पतालले सुरु गर्‍यो जटिल ट्युमरबारे अन्तरक्रिया कार्यक्रम

    काठमाडौं । वीर अस्पतालले ट्युमरबारे विशेषज्ञ र बिरामीसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । बिहीबारबाट नाक, कान तथा घाँटी विभागले यस्तो कार्यक्रम सुरु गरेको ईएनटी सर्जन डा. रिकेश ठाकुरले जानकारी दिए ।

    images

    उनका अनुसार नाक, कान तथा घाँटीमा देखिने जटिलखालका टयुमरबारे छलफल गर्न दुई सातामा एकपटक बिहीबारका दिन बैठक बस्नेछ । त्यहाँ नाक, कान तथा घाँटीका विशेषज्ञ, रेडियसन अंकोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट र प्याथोलोजिस्टसहितका विशेषज्ञ बसेर जटिल ट्युमरबारे छलफल गरिनेछ ।

    ‘यो बैठकमा जटिल केसको कुन पद्धतिबाट कसरी उपचार गर्दा राम्रो नतिजा आउँछ भनेर विज्ञहरुसँग छलफल हुन्छ । त्यति मात्र होइन बिरामीलाई पनि बैठकमा राखेर समस्या र उपचार कसरी बढाउने भनेर अन्तरक्रिया गरिन्छ,’ डा. ठाकुरले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ