बुधबार, वैशाख २६ गते २०८१

‘गोर्खा वारिअर’ले ल्यायो राजेशपायलको स्वरमा ‘जय जय गोर्खाली’

‘गोर्खा वारिअर’ले ल्यायो राजेशपायलको स्वरमा ‘जय जय गोर्खाली’

अखबार दैनिक
बिहीबार , माघ २५ २०८०
  • ‘गोर्खा वारिअर’ले ल्यायो राजेशपायलको स्वरमा ‘जय जय गोर्खाली’

    काठमाडौं । मिलन चाम्स निर्देशित वार ड्रामा फिल्म ‘गोर्खा वारिअर’ले देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरेको छ । फिल्मका महत्वपूर्ण दृश्यलाई समेट्दै ल्याइएको यो गीतमा राजेशपायल राईको स्वर छ ।

    images

    एलिश कार्कीको संगीत र शैलेन्द्र खनालको शब्द रहेको गीतले फिल्मको कथा भाव पेश गर्छ । बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको मलाया युद्धलाई सेटिङ बनाइएको यो फिल्म फागुन ११ गतेबाट प्रदर्शन हुँदैछ ।

    गीतमा फिल्मका शीर्ष पात्र र उनीहरुको मनोदशालाई चित्रण गरिएको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, कविता आले, शिशिर बाङ्देल लगायतको अभिनय छ । यो फिल्मलाई नेपालमा थिएट्रिकल रिलिजअघि पोखरा, काठमाडौं र धरानमा रेडकार्पेट प्रिमियर गर्ने तयारी छ ।

    निर्देशक चाम्ससहितको फिल्म युनिटले धरान, बुटवल र पोखरामा पत्रकार सम्मेलन गरेको छ । लाहुरे बहुल धरान र पोखरामा प्रिमियर गर्दा फिल्मको लक्षित दर्शकमा पुग्न सकिने आशा निर्देशक चाम्सले लिएका छन् । यो फिल्म वार-सोसल ड्रामा जनरामा आधारित छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार