मंगलबार, मंसिर ४ गते २०८१

नेपाली सेना र अमेरिकी सेनाकाे संयुक्त तालिम अभ्यास शुभारम्भ

नेपाली सेना र अमेरिकी सेनाकाे संयुक्त तालिम अभ्यास शुभारम्भ

अखबार दैनिक
बुधबार, माघ २४ २०८०
  • नेपाली सेना र अमेरिकी सेनाकाे संयुक्त तालिम अभ्यास शुभारम्भ

    काठमाडाैं । नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेना बिच सञ्चालन हुने संयुक्त तालिम अभ्यास Ex-Balance Nail २०८० माघ २३ गतेबाट शुभारम्भ भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।

    images

    वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको Ex-Balance Nail को यो ४१ औँ संस्करण   हो । नेपाली सेनाले जमनकारी दिए अनुसार, संयुक्त तालिम अभ्यासमा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् ।

    उक्त तालिम अभ्यास विपद् व्यवस्थापन, खोज तथा उध्दार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा  २०८० फाल्गुण २४ गतेसम्म सञ्चालन हुनेछ ।

     नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेसिया लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उध्दार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको  छ ।


    यसै क्रममा आगामी फाल्गुण ०८ गतेदेखि २१ गतेसम्म  वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा Global Peace Operation Initiative को सहयोगमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार