बुधबार, वैशाख १९ गते २०८१

पाठेघरको मुखको क्यान्सर विरुद्ध २० हजार किशोरीलाई खोप

पाठेघरको मुखको क्यान्सर विरुद्ध २० हजार किशोरीलाई खोप

अखबार दैनिक
मंगलबार, माघ २३ २०८०
  • पाठेघरको मुखको क्यान्सर विरुद्ध २० हजार किशोरीलाई खोप

    काठमाडौँ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २० हजार किशोरीलाई खोप लगाइएको छ । चौध देखि १५ वर्ष उमेरका २० हजार किशोरीलाई  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाइएको हो  ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महिलामा देखिने क्यान्सरमध्ये बढी मात्रमा पाठेघरको मुखको क्यान्सर भएकाले सो खोप लगाइएको हो । क्यान्सर रोकथामका लागि थप खोप ल्याउन पहल भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

    सानै उमेरमा विवाह, असुरक्षित शारीरिक सम्बन्ध, सरसफाइमा हेलचक्रई लगायत कारणले पाठेघरको मुखको क्यान्सर हुने उनले बताए । 

    पाठेघरको मुखको क्यान्सरका बिरामी २१ देखि २२ सय जना वार्षिक रूपमा देखा पर्ने मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ