आइतबार, जेठ ६ गते २०८१

केजरीवालका निजी सचिवसहित आपका १० नेताको घर र कार्यालयमा छापा

केजरीवालका निजी सचिवसहित आपका १० नेताको घर र कार्यालयमा छापा

अखबार दैनिक
मंगलबार, माघ २३ २०८०
  • केजरीवालका निजी सचिवसहित आपका १० नेताको घर र कार्यालयमा छापा

    नयाँ दिल्ली । भारतको कानुन पालना गराउने सरकारी निकाय प्रवर्तन निर्देशालय अर्थात् ईडीले सम्पत्ति शुद्धीकरण मामिलामा मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केरीवालका मुख्य सचिवसमेत आम आदमी पार्टीका ठुला नेताको घरमा छापा मारेको छ । ईडीले विभव कुमार र राज्यसभाका सांसद एनडी गुप्ताको घरमा छापा मारेको हो ।

    images

    दिल्ली जल बोर्डमा भ्रष्टाचार मामिलामा ईडीले यो कदम चालेको बताइएको छ । आधिकारिक सूत्रका अनुसार ईडीले सम्पत्ति शुद्धीकरण मामिलामा कुमार र आपका अन्य नेताका घर र कार्यालयमा छापा मारेको हो । दिल्लीमा करिब १२ ठाउँमा छापा मारिएको बताइएको छ । समाचार संस्था पीटीआईका अनुसार केन्द्रीय एजेन्सी दिल्ली जल बोर्डको बोलपत्र आह्वानको प्रक्रियामा अनियमितताको जाँच भइरहेको छ ।

    सीबीआई र दिल्ली सरकारको भ्रष्टाचार विरोधी शाखा (एसीबी)को एफआईआरको आधारमा ईडीले कारबाही गरिरहेको हो । आरोपमा सीबीआई र एसीबीले दिल्लीको जल बोर्डका अधिकारीहरूले इलेक्ट्रोम्याग्नेटिक मिटरको आपूर्ति, जडान, परीक्षण र कमिसनका लागि ३८ करोड भारुको टेन्डर दिने समयमा एउटा कम्पनीलाई लाभ हुने गरी दिएको आरोप लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार