शनिबार, जेठ ५ गते २०८१

अर्जुन कुमाललाई आईसीसीले गर्‍यो कारबाही

अर्जुन कुमाललाई आईसीसीले गर्‍यो कारबाही

अखबार दैनिक
शुक्रबार, माघ १९ २०८०
  • अर्जुन कुमाललाई आईसीसीले गर्‍यो कारबाही

    १९ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालका युवा ब्याटर अर्जुन कुमाललाई कारबाही गरेको छ ।

    images

    दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा बंगलादेशविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका छन् । अर्जुनले आइसीसीको आचार संहिता-२ अनुसार गल्ती गरेपछि १ निलम्बन (सस्पेन्सन) प्वाइन्ट पाउनुको साथै एकै पटक तीन डिमिरेट प्वाइन्ट पाएका छन् । उनको तीन डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म लागु हुनेछ ।

    यदि २४ महिना अवधिमा चार डेमेरिट प्वाइन्ट वा दुई निलम्बन अंक भएमा दुई अन्तर्राष्ट्रिय क्रिकेट खेलमा प्रतिबन्ध लाग्ने गर्दछ ।

    नेपाल बुधबार सुपर सिक्स खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । छैटौं ओभरमा अर्जुनले रन लिनेक्रममा बंगलादेशका मरुफ मृधालाई क्रिजमा धक्का दिँदै रन जोडेका थिए ।

    त्यहिँ कारण अर्जुन र बंगलादेशका मरुफबीच केहि भनाभन भएको थियो । उनले दौडिनेक्रममा आफ्नो साइडबाट रन जोड्ने धुनमा धक्का दिएका थिए । मृधालाई धक्का दिएको कारण एकै पटक तीन डेमेरिट प्वाइन्ट पाएका हुन् ।

    खेलपछि अर्जुन कुमालले म्याच रेफ्रीसँग गल्ती स्वीकार गरेका छन् । नेपालले विश्वकपको अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । त्यसपछिका खेलमा भने अर्जुन चल्न सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार