बुधबार, वैशाख १९ गते २०८१

शिल्पी थिएटरमा शुक्रबारदेखि नाटक ‘गंगालाल’

शिल्पी थिएटरमा शुक्रबारदेखि नाटक ‘गंगालाल’

अखबार दैनिक
बिहीबार , माघ १८ २०८०
  • शिल्पी थिएटरमा शुक्रबारदेखि नाटक ‘गंगालाल’

    काठमाडौँ । सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ शुक्रबारदेखि मञ्चन हुने भएको छ । शिल्पी थिएटर बत्तीसपुतलीमा मञ्चन हुने नाटक २९ गतेसम्म चल्नेछ । 

    images

    गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको चे शंकरले लेखन तथा निर्देशन गरेका छन् । विक्रम संवत् १९९१ देखि १९९७ सम्म राजनीतिक परिवेशमा भएका घटनाक्रम र सहिद गंगालालका जीवनका घटना नाटकमा छ । नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए । 


    नाटकमा धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन् ।


    सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न लागिएको यस नाटकलाई माघ १६ गते नाचघरमा प्रथम मञ्चन गरिएको थियो । नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गर्नेछन् ।


    ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन् । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् । 


    शंकरको निर्देशनमा यस अगाडि कोही किन बरबाद होस्, म्याड म्यान्स डायरी, लुक ब्याक इन एंगर, सेम टाइम नेक्स्ट इयर, उलारजस्ता दर्जन बढी नाटक मञ्चन भएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार