मंगलबार, मंसिर ४ गते २०८१

काभ्रेमा 'समुदायमा कांग्रेस' अभियान सुरु

काभ्रेमा 'समुदायमा कांग्रेस' अभियान सुरु

अखबार दैनिक
बुधबार, माघ १७ २०८०
  • काभ्रेमा 'समुदायमा कांग्रेस' अभियान सुरु

    काभ्रे । काभ्रेमा नेपाली कांग्रेसको 'समुदायमा कांग्रेस' अभियान सुरु भएको छ । नेपाली कांग्रेस काभ्रेले जनताका अपेक्षा, सुझाव र गुनासो बुझ्न समुदायमा कांग्रेस अभियान लिएर गाउँ पस्ने भएको हो । 

    images

    केन्द्रीय समितिले तय गरेको अभियानको लागि नेपाली कांग्रेस काभ्रेले सबै वडामा प्रतिनिधि समेत तोकेर काभ्रेको गाउँ बस्ती र टोल जाने भएको हो । अभियानका लागि काभ्रेमा केन्द्रीय प्रतिनिधिको रूपमा केन्द्रीय सदस्य नानु बास्तोलालाई खटाइएको छ । केन्द्रीय सदस्य बास्तोलाले तीन वटै तहका जनप्रतिनिधिबारे जनताको अपेक्षा, गुनासो र सुझाव लिनको लागि कांग्रेसले अभियान चलाएको बताइन् । जनताका असीमित आवश्यकता सीमित श्रोतका कारण सम्बोधन हुन नसकेको भन्दै जनताको अधिकतम हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताइन् । 

    तोकिएका प्रतिनिधिले जनताको अपेक्षा, सुझाव, गुनासा, विकास र सेवा प्रवाहको अवस्था र समुदायको असल अभ्यासबारे जिल्ला पार्टीलाई प्रतिवेदन दिने नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए । अभियान अन्तर्गत वडाको पायक पर्ने स्थानमा आवश्यकता अनुसार १ भन्दा बढी स्थानमा वडावासीसँग खुल्ला छलफल राखी तीन वटै तहका सरकारसँगका जनताका अपेक्षा गुनासा र सुझाव सुन्नुका साथै पार्टीका बारेमा जनताका सुझाव लिइने उनले बताए। वडामा रहेका विभिन्न समूहसँग सामूहिक छलफल गरिने उनको भनाइ छ। 

    kavre-cangress_zy0A8kMo0R.jpg

    वडास्थित नागरिक समाज, शिक्षक, प्राध्यापकलगायत आमा समूह, युवा क्लब, कृषक समूह, स्वास्थ्य समिति, व्यवसायी समूहसँग छलफल गर्न सकिने उनले बताए । अभियान अन्तर्गत कुनै एउटा निश्चित विषयसँग सम्बन्धित व्यक्ति, सम्बन्धित सरोकारवाला समूह, प्राज्ञ, सहिद परिवार वा अरू सम्बन्धित व्यक्ति वा समूहसँग छलफल गरिने उनले बताए ।

    गाउँपालिका र नगरपालिका, वडास्थित सेवा प्रवाह केन्द्र, स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य सेवा केन्द्र, विद्यालय, विकास निर्माण योजना, समुदाय र निजी क्षेत्रको प्रयासमा भएका कामहरू लगायतको अवलोकन गरी सेवा प्रवाहको अवस्था बुझ्ने र समस्या सुन्ने कार्यक्रम अभियान अन्तर्गत रहने छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यमशिलता लगायतमा नागरिकले गरेका प्रयास र सफलताका कथा खोज्ने सुन्ने अवलोकन र संवाद गर्ने, वडा कार्यालयबाट हुने सेवा प्रवाहको अवस्था, समस्याका बारेमा सेवाग्राहीसँग संवाद तथा अन्तरक्रिया छलफल गर्ने कार्यक्रम गरिने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार