आइतबार, जेठ ६ गते २०८१

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल

    एजेन्सी \ इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

    images

    इमरान खान प्रधानमन्त्री रहँदा कुरेशी विदेशमन्त्री थिए । दुवै नेतालाई गोप्य दस्तावेज खुलासा गरेको आरोपमा सजाय भएको हो ।

    इमरान खानलाई यसअघि अर्को एक मुद्दामा समेत दोषी ठहर गर्दै तीन वर्ष जेल सजायको फैसला सुनाइएको थियो । यद्यपि उच्च अदालतले उनीमाथिको सजाय निलम्बन गरेलगत्तै गोप्य दस्तावेज चुहावट सम्बन्धी मुद्दामा उनलाई हिरासतमा लिइएको थियो । विशेष अदालतको फैसलाविरुद्ध इमरान खानले पुनरावेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार