शनिबार, जेठ ५ गते २०८१

४२ लाख ४४ हजार मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा

४२ लाख ४४ हजार मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • ४२ लाख ४४ हजार मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा

    वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले साढे ४२ लाख मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँच अभियान अन्तर्गत जिल्लाको पथलैयाबाट ट्रकसहित खुद्रा समान बरामद गरेको हो ।

    images

    वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५५९ नम्बरको ट्रकबाट विल बिजकभन्दा बढी लोड रहेको खुद्रा समान पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार पक्राउ परेको ट्रकसहित खुद्रा समान कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

    प्रहरीले ट्रकबाट ४० लाख ४४ हजार ७२७ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको उल्लेख गरेको छ । यसैगरी प्रहरीले जिल्लाको आदर्शकोतवाल गाउँपालिकाबाट २ लाख मूल्य बराबरको बिल नभएको गुट्खा र चुरोट समेत नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार