शनिबार, जेठ ५ गते २०८१

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा तथा बेलायती सेना प्रमुख बिच भेटघाट

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा तथा बेलायती सेना प्रमुख बिच भेटघाट

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा तथा बेलायती सेना प्रमुख बिच भेटघाट

    आज मिति २०८० माघ १६ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख General Sir Patrick Sanders, KCB, CBE DSO ADC GEN बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायत बिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बिच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको थियो ।

    images

    2.JPG

    शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यही माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा रहनु भएका बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिति २०८० माघ १५ गते बलाधिकृत रथी श्री अशोकराज सिग्देलले स्वागत गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार