बिहीबार , वैशाख २७ गते २०८१

आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ

आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ

    सुनसरी । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

    images

    घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार