आइतबार, जेठ ६ गते २०८१

लालु यादवलाई ९ घण्टासम्म सोधपुछ

लालु यादवलाई ९ घण्टासम्म सोधपुछ

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • लालु यादवलाई ९ घण्टासम्म सोधपुछ

    एजेन्सी \ बिहार । कानुन पालना गराउने भारतीय निकाय प्रवर्तन निर्देशनालय (ईडी)ले राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवसँग ९ घण्टासम्म सोधपुछ गरेको छ । सोमबार करिब ११ बजे यादव छोरी मिसाको साथमा ईडीको पटनास्थित कार्यालयमा पुगेका थिए ।

    images

    त्यहाँ ९ घण्टाभन्दा बढी समयसम्म उनलाई सोधपुछ गरिएको थियो । उनी राति ९ बजे आफ्नो आवास फर्किएको बताइएको छ ।

    भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मामिलामा यादवलाई छानबिनको दायरामा ल्याइएको छ । यादवलाई जमिन लिएर जागिर दिएको मामिलामा सोधपुछ गरेको थियो ।

    उनलाई ‘जमिनबापत रेल्वेमा जागिर’ घोटालामा सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनको सिलसिलामा सोधपुछ गरिएको बताइएको छ । यसक्रममा यादवलाई ७० ओटा प्रश्न सोधिएको थियो । हरेक प्रश्नको जवाफ दिन यादवले डेढ दुई मिनेट लगाएका थिए ।

    यादव ईडीको सामुन्ने गएको यो पहिलो पटक हो । आफू निर्दोष रहेको भन्दै यादवले यस मामिलाबाट बच्ने कोसिस गरेका थिए ।

    ईडीले यादवसँग पटनाको मरछिया देवी कम्प्लेक्समा फ्ल्याट खरिद बिक्रीलाई लिएर पनि सोधपुछ गरेको थियो । पटनामा किनेको १० हजार ५२९ वर्ग फुट जमिनसहित उनका अन्य कयौँ सम्पत्तिको विषयमा पनि केरकार गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार