बिहीबार , वैशाख २७ गते २०८१

प्रदीप र पलको पोस्टर सेयर गर्दै पूजा लेख्छिन्- मनपर्ने हिरोहरु एकसाथ हुँदा झनै मनपर्‍यो

प्रदीप र पलको पोस्टर सेयर गर्दै पूजा लेख्छिन्- मनपर्ने हिरोहरु एकसाथ हुँदा झनै मनपर्‍यो

अखबार दैनिक
सोमबार, माघ १५ २०८०
  • प्रदीप र पलको पोस्टर सेयर गर्दै पूजा लेख्छिन्- मनपर्ने हिरोहरु एकसाथ हुँदा झनै मनपर्‍यो

    काठमाडौं । अभिनेत्री पूजा शर्माले आइतबार फिल्म ‘पूजार सार्की’को पोस्टर सेयर गरिन् । लेखेकी थिइन्, ‘अझ मनपर्ने हिरोहरु एकसाथ हुँदा झनै मनपर्‍यो । सबै युनिटलाई सफलताको शुभकामना ।’

    images

    फिल्मको उक्त पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह फिचर्ड छन् । ‘टाइम एण्ड स्पेस’को कुरा गर्दा पूजाले ‘पूजार सार्की’को पोस्टर सेयर गरेर शुभकामना दिनुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

    किनभने प्रदीप र पलसँग पूजाको हार्दिक सम्बन्ध नभएको गसिप यसअघि मिडियामा धेरै आइसकेको कुरा हो । केही महिनादेखि प्रदीप र पूजाको सम्बन्ध सुमधुर बन्नेतर्फ अग्रसर भएको बताइन्छ । यस्तोमा पलसँग पनि उनको सम्बन्धमा हार्दिकता आएको चर्चा छ ।

    यो विकासक्रम हुँदै गर्दा पूजाले ‘पूजार सार्की’को पोस्टर सेयर गरेर शुभकामना दिएकी मात्र छैनन्, मनपर्ने हिरोहरु एकसाथ हुँदा झनै मनपर्‍यो लेखेकी छन् । उनको स्टाटसको अन्तर्यले प्रदीप र पलसँग पूजाको सम्बन्धमा सुधार आएको अनुमान लगाउन सकिन्छ ।

     
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार