बुधबार, वैशाख २६ गते २०८१

महानगरमा गुणस्तरहीन खानेकुरा बेचे २ लाखसम्म जरिवाना

महानगरमा गुणस्तरहीन खानेकुरा बेचे २ लाखसम्म जरिवाना

अखबार दैनिक
आइतबार, माघ १४ २०८०
  • महानगरमा गुणस्तरहीन खानेकुरा बेचे २ लाखसम्म जरिवाना

    १२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य वस्तु ‘कटन क्यान्डी’ बेच्नेलाई कारबाही गर्ने भएको छ ।

    images

    काठमाडौं महानगरले शुक्रबार एक सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा कटन क्यान्डीलगायत बेचबिखन गरेको पाइए ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको हो ।

    महानगरको सूचनामा छ, ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर जरिवाना गराइने छ ।’

    महानगरपालिकाले बालबालिकालाई लक्ष्य गरी खुला बेचिने कटन क्यान्डी (मिठाइ) वडा नम्बर ७ चाबहिल चोकबाट नमुना संकलन गरेर २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो ।

    यसरी पठाइएको नमुनामा ‘रोडामिन बी’ नामक अखाद्य रङ मिसाइएको प्रतिवेदन प्राप्त भएपछि महानगरले अनुगमन गरेर कारबाहीको तयारी गरेको हो । महानगरका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. अवधेशकुमार झाले बजार अनुगमन गर्दा उत्पादन गर्ने उद्योग नभेटिएको बताए ।

    ‘हामी यसलाई पूर्णनिषेध गर्ने तयारीमा छौं तर अनुगमन गर्दा उद्योग भने भेटिएन,’ उनले भने, ‘यहाँ बिक्री चाहिँ धेरै हुने रहेछ । अब बिक्रीलाई रोक्ने हो ।’ महानगर बजार अनुगमन समिति संयोजक तथा उपमेयर सुनिता डंगोलले बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेरमात्र किन्न आग्रह गरिन् ।

    खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमतिपत्र सम्बन्धी जानकारी भएको लेबल हेरेरमात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार