बुधबार, वैशाख २६ गते २०८१

न्युरोडमा पार्किङ निषेध गरिएसँगै धरहरामा आजदेखि निःशुल्क पार्किङ उपलब्ध हुने

न्युरोडमा पार्किङ निषेध गरिएसँगै धरहरामा आजदेखि निःशुल्क पार्किङ उपलब्ध हुने

अखबार दैनिक
आइतबार, माघ १४ २०८०
  • न्युरोडमा पार्किङ निषेध गरिएसँगै धरहरामा आजदेखि निःशुल्क पार्किङ उपलब्ध हुने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको हो । 

    images

    काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए । 

    ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध गराइएको छ । संरचनागत रूपमा, यो ठाउँ नेपालकै ठुलो पार्किङ संरचना हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार