शनिबार, जेठ ५ गते २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन विरुद्ध आन्दोलन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन विरुद्ध आन्दोलन

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन विरुद्ध आन्दोलन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडका क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायी आन्दोलित भएका छन् । नगरपालिकाले आफूहरुसँग परामर्श नै नगरी एक्कासी पार्किङ निषेध गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । 

    images

    उनीहरुले सरोकारवालाहरुसँग परामर्श नगरी धर्मपथ, जुद्धसालिकदेखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङ्ग निषेध गरिएको भन्दै आपत्ति जनाएका हुन् ।  उनीहरुले व्यवसाइि अन्यायमा परेको भन्दै यो निर्णय फिर्ता लिन मागसमेत गरेका छन् । 

    newroad-not-peace (2).jpg

    महानगरपालिकाको गुरु योजना तथा गौरवको योजना अनुरुप ‘रोजगारी र आय वृद्धि, काठमाडौं समृद्धि’ भनी रहदाँ हाल यो निर्णयले नेपालको प्रमुख व्यावसायिक केन्द्रबाट व्यवसायहरु पलायन हुन बाध्य हुने उनीहरुको तर्क छ । 

    उनीहरुले महानगरको यो कदम नमान्ने बताइरहेका छन् ।  तर वीर अस्पताल लगायतका क्षेत्रमा निःशुल्क पार्किङ गर्न नदिने तर मिनेटका भरमा पैसा तिर्नुपर्ने बाध्यता खेपेका बिरामीका आफन्त भने थप अलमलमा परेको देखियो । 

    newroad-not-peace (3).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार