शनिबार, जेठ ५ गते २०८१

पोखरामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते

पोखरामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • पोखरामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते

    १० माघ, कास्की । कास्कीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कास्की पोखरा महानगरपालिका-१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३  नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा सवारी चालक ४९ वर्षीय कृष्ण बहादुर थापाको मृत्‍यु भएको  प्रहरीले जनाएको छ ।

    images

    यस्तै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा पोखरा नगरपालिका-१८ बस्‍ने ६९ वर्षीया हिमकला थापा र सोही ठाउँमा बस्‍ने ७० वर्षीया चन्द्रकला थापा रहेका छन् ।

    हिमकलाको टाउँकोमा चोट लागेको छ भने चन्द्रकलाको ढाडमा चोट लागेको छ । घाइते भएका उनीहरूको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार