बुधबार, वैशाख २६ गते २०८१

अमेरिकामा रेखा दम्पतीको 'बेबी सावर'

अमेरिकामा रेखा दम्पतीको 'बेबी सावर'

अखबार दैनिक
मंगलबार, माघ ९ २०८०
  • अमेरिकामा रेखा दम्पतीको 'बेबी सावर'

    काठमाडौं- कलाकार रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन्। कोलोराडो स्प्रिङ्समा शनिबार थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन्।

    images

    Rekha-Thapa-Baby-Shower5.jpg

    रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्बिर र भिडियो सेयर गरेकी छन्। रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन्। उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन्।

    बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए। उनका श्रीमान् बलरामको परिवार नै अमेरिकामा छ।

    Rekha-Thapa-Baby-Shower4.jpg

    सन्तान जन्माउन रेखा अमेरिका गएकी हुन्। चिकित्सकले उनलाई माघ अन्तिम वा फागुनको डेलिभरी मिति दिएका छन्। आगामी फागुन २५ मा रेखाले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ पनि प्रदर्शनको तयारीमा छ।

    Rekha-Thapa-Baby-Shower.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार