सोमबार, वैशाख २४ गते २०८१

सटर बन्द गरेर आन्दोलनमा न्यूरोडका व्यापारी

सटर बन्द गरेर आन्दोलनमा न्यूरोडका व्यापारी

अखबार दैनिक
मंगलबार, माघ ९ २०८०
  • सटर बन्द गरेर आन्दोलनमा न्यूरोडका व्यापारी

    काठमाडौं : महानगरले न्यूरोडमा गरेको पार्किङ निषेधको विरोधमा न्युरोडका व्यापारीहरू पसल बन्द गरेका छन्। पार्किङ बन्द गरेर व्यापार नहुने र पार्किङ खोल्नु पर्ने विषयलाई लिएर न्युरोडका व्यापारीहरू सटर बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। 

    images

    न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो। पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन्।

    नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार