सोमबार, वैशाख २४ गते २०८१

सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

अखबार दैनिक
मंगलबार, माघ ९ २०८०
  • सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति पत्र दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुुभएको हो ।

    images

    यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुुभएको छ । उहाँका अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ ।

    छपाइ कार्ड सकिएकाले सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ शुरु हुने जनाएको हो । चालक अनुुमतिपत्र फारम भरेर परीक्षा पास गरिसकेका १४ लाखभन्दा धेरैले लाइसेन्स पाउन सकेका छैनन् ।

    उनीहरु राजस्व तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । नवीकरण, हराएको र नयाँ लाइसेन्स गरी अहिले दैनिक चार हजारप्रति लाइसेन्सको माग छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ