बुधबार, मंसिर ५ गते २०८१

पशुपति विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

पशुपति विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

अखबार दैनिक
सोमबार, माघ ८ २०८०
  • पशुपति विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ। आइतबार उच्च अदालत पाटनले भरत मरासिनीले दायर गरेको रिटमा अन्तरिम आदेश दिदै पुनको नियुक्ति बदर गरेको हो।

    images

    उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको थियो। पुन गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् भने पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए।

    नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पदमा योग्यता नपुगेकालाई नियुक्त गरेको भन्दै उनको नियुक्ति विवादमा परेको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ