पोखरा । आफ्नो भूमिकालाई लिएर पोखरा महानगरपालिकाका वडा सदस्यहरू संगठित भएका छन् । उनीहरूले केही समयअघि संयुक्त बैठक बसेर संवैधानिक र कानुनी अधिकार खोजी गरे । त्यसैका लागि पिकनिक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । माघ ११ गते पिकनिक आयोजना गरेपछि पोखरा महानगरपालिकाले हतार हतारमा सदस्यहरूका लागि कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूको लागि स्थानीय सरकार सञ्चालन ऐन तथा अन्तर सम्बन्धित विषयमा क्षमता विकास तालिम आयोजना गरिएको हो ।
सोमबारदेखि सुरु भएको तालिम मंगलबारसम्म चल्छ । तालिममा ३३ वटै वडाका सदस्यहरू, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि र कर्मचारीहरू सहभागी छन् । वडा सदस्यहरूले कार्यपालिका बैठकले गरेका निर्णय नगर सभाबाट हुबहु पारित भएको र आफूहरूले छलफल गर्न नपाएको गुनासो गरेका थिए ।