आइतबार, वैशाख २३ गते २०८१

मेलम्चीको पानी कति महँगो, आयोजना असफल बन्ने आशङ्का किन?

मेलम्चीको पानी कति महँगो, आयोजना असफल बन्ने आशङ्का किन?

अखबार दैनिक
आइतबार, माघ ७ २०८०
  • मेलम्चीको पानी कति महँगो, आयोजना असफल बन्ने आशङ्का किन?

    सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डूका धाराहरूमा पानी झारिए पनि पूर्ण क्षमतामा निरन्तर पानी ल्याउन र लक्षित सबै घरमा पुर्‍याउन धेरै काम बाँकी छ।

    images

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार अहिले काठमाण्डूका तीन जिल्लामा उसका साढे दुई लाख ग्राहक छन्।

    तीमध्ये करिब डेढ लाख ग्राहकको धारामा मेलम्चीको पानी पुगिरहेको उसको अनुमान छ। उसले बाँकीलाई अन्य स्रोतको पानी उपलब्ध गराउँदै आएको बताउँछ।

    काठमाडौँको सुन्दरीजलदेखि काठमाडौँ  उपत्यकाभित्रका घर-घरमा पाइप पुर्‍याउने लगायतका काम मेलम्ची सब प्रोजेक्ट-२ को आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ। दुई चरणमा गरेर ८५ हजार र ६० हजार घरधुरीसम्म पाइपलाइन जोड्ने उसको जिम्मेवारी छ।

    के मेलम्चीको पानी धाराबाट सीधै पिउन मिल्छ?
    निर्देशनालयका उपनिर्देशक तथा प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठका अनुसार अहिलेसम्म एक हजार १० किलोमिटर लामो नयाँ पाइपलाइन बिछ्याइसकिएको छ। त्यसमध्ये ४२९ किलोमिटरमा परीक्षण गरिएको छ भने ५८१ किलोमिटरमा परीक्षण गर्नै बाँकी छ।

    प्रवक्ता श्रेष्ठ भन्छन्, “मेलम्चीको पानी नआएकाले परीक्षण गर्न सकिएको थिएन। अब पानी उपलब्ध भएकाले बर्खा अघिसम्म परीक्षण गरिसक्ने लक्ष्य छ।”

    बिबिसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार