सोमबार, वैशाख २४ गते २०८१

अयोध्याभन्दा १५ किमी टाढा रेल राख्ने भएपछि जनकपुरबाट गएनन् नेपाली श्रद्धालु

अयोध्याभन्दा १५ किमी टाढा रेल राख्ने भएपछि जनकपुरबाट गएनन् नेपाली श्रद्धालु

अखबार दैनिक
आइतबार, माघ ७ २०८०
  • अयोध्याभन्दा १५ किमी टाढा रेल राख्ने भएपछि जनकपुरबाट गएनन् नेपाली श्रद्धालु

    काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरबाट हिन्दु धर्मालम्बी सहभागी नहुने भएका छन् ।  

    images

    जनकपुरबाट रेल नै अयोध्या जाने भएपछि नेपाल रेल्वे कम्पनीले त्यसको सम्पूर्ण तयारी गरेको थियो । अयोध्या लैजानका लागि भारत सरकारले विशेष रेल सेवाको व्यवस्था गरेको थियो । त्यसका लागि रेल पनि पठाइसकेको थियो । २० वटा बोगीमा नेपालीलाई लग्ने भनी टिकट काटिएको थियो । आइतबार बिहान ६ बजे यात्रुलाई लिएर अयोध्याका लागि हिँड्ने तयारी थियो । तर सुरक्षाको कारण देखाउँदै भारतले रेल सेवा रद्द गरेको जनकपुर रेल्वेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले बताए ।

    भारतबाट रेल पनि आइसकेको थियो । परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावासमार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाएको थियो । अयोध्यासम्म जानका लागि भाडासमेत निर्धारण भइसकेको थियो । दोस्रो श्रेणीको एसीको ३ हजार, तेस्रो श्रेणीको एसीको २ हजार र स्लिपर सिटको १ हजार नेपाली रुपियाँ निर्धारण गरिएको थियो ।

    तर अन्तिम समयमा भारतले सुरक्षाको कारण देखाउँदै यात्रा रद्द गरिएको थियो । भारतले अयोध्याधाम स्टेसनभन्दा १५ किलोमिटर पर नै कुनै स्टेसनमा रोकेर अयोध्यासम्म आउन भनेको थियो तर नेपालले अयोध्याको मेन स्टेसनसम्म जान नपाए नजाने भनेपछि रद्द गरिएको स्रोतले जनाएको छ ।

    अयोध्यामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । विवादको बिचमा अयोध्याको राम मन्दिर निर्माण भएको हो । त्यसका लागि कुनै पनि सुरक्षा चुनौती लिन चाहँदैन, नेपाल–भारतबिच खुल्ला सीमाका कारण सुरक्षा चुनौती रहेको भन्दै सुरक्षा व्यवस्था मिलाउनका लागि नै अयोध्याधामको मेन स्टेसनभन्दा टाढा राख्न चाहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार