शनिबार, मंसिर ८ गते २०८१

चार घण्टा ३० मिनेटको भिडन्तपछि लुकासलाई हराए जर्मनीका ज्वेरेभले

चार घण्टा ३० मिनेटको भिडन्तपछि लुकासलाई हराए जर्मनीका ज्वेरेभले

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • चार घण्टा ३० मिनेटको भिडन्तपछि लुकासलाई हराए जर्मनीका ज्वेरेभले

    एजेन्सी \ काठमाडौँ । जर्मनीका अलेक्जेन्डर ज्वेरेभ वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । २६ वर्षीय ज्वेरेभ तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लुकास क्लेइनलाई हराउँदै पुरुष एकलतर्फको तेस्रो चरणमा पुगेका हुन् ।

    images

    २५ वर्षीय स्लोभाकियन खेलाडी लुकासले प्रारम्भदेखि नै ज्वेरेभलाई गतिलो चुनौती दिएका थिए । ज्वेरेभ र लुकासबिचको दोस्रो चरणको खेल चार घण्टा ३० मिनेटसम्म चलेको थियो । पहिलो सेटको नतिजालाई ज्वेरेभ ७–५ ले आफ्नो पक्षमा पारेका थिए ।

    दोस्रो सेटको खेलमा भने लुकासले ज्वेरेभलाई ३–६ अंकले पछि पारेका थिए । तेस्रो सेटको नतिजालाई पनि लुकासले ४–६ ले आफ्नो पक्षमा पारेका थिए । जिततर्फ अग्रसर रहेका लुकास चौथो चरणको प्रतिस्पर्धात्मक खेलमा भने ७–६ (७–५) अंकले पछि परे ।

    यी दुईबिचको भिडन्त निकै रोमाञ्चक थियो । अन्ततः पाँचौँ सेटको नतिजालाई ७–६ (१०–७) ले आफ्नो पक्षमा पार्दै अनुभवी ज्वेरेभ प्रतियोगिताको तेस्रो चरणमा पुग्न सफल भए । लुकास छनोट चरण पार गर्दै अस्ट्रेलियन ओपनमा सहभागी भएका हुन् ।

    ज्वेरेभ यसअघि सन् २०२० मा यूएस ओपनको फाइनलसम्म पुगेका थिए । उनी सोही वर्ष अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पनि पुगेका थिए । उनी तीनपटक फ्रेन्च ओपनको सेमिफाइनलसम्म पुगिसकेका खेलाडी हुन् । अर्को ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनमा भने उनी दुई पटक चौथो चरणमा पराजित भएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ