बुधबार, वैशाख २६ गते २०८१

'दिमाग खराब' पछि एक्सन फिल्म निर्देशन गर्दै निश्चल बस्नेत

'दिमाग खराब' पछि एक्सन फिल्म निर्देशन गर्दै निश्चल बस्नेत

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • 'दिमाग खराब' पछि एक्सन फिल्म निर्देशन गर्दै निश्चल बस्नेत

    निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म घोषणा गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्देशन गर्न लागेको बताएका हुन्। 'मैले एक्सन फिल्म बनाउन लागेको हुँ। अहिले स्क्रिप्ट लेखन भइरहेको छ। बाँकी जानकारी हामी केही समयपछि दिनेछौं,' उनले भने।

    images

    उनी दसैं अगाडि नै एक्सन फिल्म निर्देशन गर्ने तयारीमा छन्। यो फिल्मअघि उनी 'बेहुली फ्रम मेघौली' निर्माण गर्दैछन्। यस फिल्मलाई आकाश बरालले निर्देशन गर्नेछन्।  यो वर्ष निश्चलले फिल्म 'दिमाग खराब' निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

    फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायत कलाकारको अभिनय थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार