बुधबार, वैशाख २६ गते २०८१

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण

भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • भोजपुरी अभिनेत्री अक्षरामाथि आक्रमण

    एजेन्सी \ मुम्बई । भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक(फ्यान)ले आक्रमण गरेका छन् । भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा अक्षरामाथि आक्रमण भएको हो । आक्रमणमा अक्षरालाई चोट नलागेपनि एक प्रहरी घाइते भएका छन् । अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो ।

    images

    तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन् । सोहीकारण उनका फ्यान रिसाएका थिए । तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भीडले घेरेको थियो ।

    भीड यति धेरै बढ्यो कि त्यो भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई नै हम्मे परेको थियो । भीडका कारण केही फ्यान घाइते भएका थिए । फ्यान घाइते भएपछि केहीले अक्षरामाथि ढुंगा प्रहार गरेका थिए । यद्यपि, त्यहाँ उपस्थित प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लगेको थियो ।


    अक्षरालाई बचाउने क्रममा फ्यानको ढुंगा लागेर एक प्रहरीको टाउको फुटेको छ । घाइते प्रहरीको दाउदनगरको सरकारी अनुमण्डल अस्पतालमा उपचार गरिएको छ ।

    अक्षरामाथि फ्यानको आक्रमण यो पहिलो होइन । उनी माथि २०२२ मा पनि आक्रमण भएको थियो । त्यो बेला उनी महाराष्ट्रको बदलापुर महोत्सवमा सहभागी हुन त्यहाँ पुगेकी थिइन् । त्यहाँ पनि उनलाई ढुंगाले आक्रमण गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार