आइतबार, जेठ ६ गते २०८१

पाकिस्तानमा ग्यास सिलिण्डर बिस्फोट, २० जना घाइते

पाकिस्तानमा ग्यास सिलिण्डर बिस्फोट, २० जना घाइते

अखबार दैनिक
बुधबार, माघ ३ २०८०
  • पाकिस्तानमा ग्यास सिलिण्डर बिस्फोट, २० जना घाइते

    पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिण्डर पसलमा बिस्फोट भएको प्रहरीले बताएको छ ।

    images

    बिष्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले बिस्फोटबारे अनुसन्धान शुरु गरेको बताएको छ । घटनालगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार