सोमबार, कात्तिक १९ गते २०८२

रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने

रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने

अखबार दैनिक
मंगलबार, माघ २ २०८०
  • रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने

    कार्टुनिष्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने भएका छन्।  नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले आगामी बिहिबारदेखि 'डिपेक्सन' नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने लागेका हुन्।

    नयाँ पत्रिकामा कार्यरत मिश्रले १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका छन्। उनले पहिलोपटक एकल प्रदर्शनी गर्ने भएका हुन्।

    'पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न कार्टुन मध्ये केही यस प्रदर्शनीमा राखिने छन्। जसलाई मैले 'डिपेक्शन' नाम दिएको छु। डिपेक्शन मैले देखेको नेपाली समाजको चित्र हो,' मिश्रले भने।

    प्रर्दशनीस्थल उमोजा क्याफेका निर्देशन लिलाराम खड्काले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयास रहेको बताए। मिश्र 'कार्टुनिष्ट क्लब अफ नेपाल' का महासचिवसमेत हुन्। व्यग्यं चित्रसँगै उनी व्यग्यं लेखनसमेत गर्ने गर्छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ