बुधबार, मंसिर ५ गते २०८१

बीपीका उपकुलपति खोज्दै हर्क साम्पाङले स्वास्थ्यमन्त्रीलाई लेखे पत्र

बीपीका उपकुलपति खोज्दै हर्क साम्पाङले स्वास्थ्यमन्त्रीलाई लेखे पत्र

अखबार दैनिक
मंगलबार, माघ २ २०८०
  • बीपीका उपकुलपति खोज्दै हर्क साम्पाङले स्वास्थ्यमन्त्रीलाई लेखे पत्र

    २ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गरेका छन् ।

    images

    मंगलबार मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर निकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

    कायममुकायम उपकुलपति अर्यालले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, कर्मचारी र चिकित्सकको माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको, आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सबै अधिकार फिर्ता लिएको, आफू अनुकुलको व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको मेयर साम्पाङले उल्लेख गरेका छन् ।

    यही कारण प्रतिष्ठानमा दिनहुँ आन्दोलन भएको, बहिरंग सेवा बन्द हुँदा बिरामीको उपचार प्रभावित भएको पठनपाठन र परीक्षासमेत ठप्प भइरहेको भन्दै उनले तत्काल कायममुकायम उपकुलपति अर्याललाई उपस्थित गराई समस्याको हल खोज्न र अस्पताललाई निकास दिन सहयोग मागेका हुन् ।

    हेर्नुहोस् पत्र

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ