बुधबार, वैशाख २६ गते २०८१

‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र, ७६ जना छानिए

‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र, ७६ जना छानिए

अखबार दैनिक
मंगलबार, माघ २ २०८०
  • ‘कमेडी च्याम्पियन सिजन ३’ को तयारी तीव्र, ७६ जना छानिए

    काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ छिट्टै सुरु हुने भएको छ । निर्माण युनिटले मंगलबार एक विज्ञप्ति जारी गर्दै अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन सुरु भएको जानकारी दिएको हो ।

    images

    आयोजकका अनुसार प्रतियोगीताका लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको र उनीहरुबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिएका छन् । 

    शोको पहिलो सिजनका हिमेश पन्त, सुमन कार्की लगायत चर्चित छन् । दोस्रोको भरतमणि पौडेल, सन्तोष थापा, बिक्की अग्रवाल लगायत चर्चामा छन् । 

    तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलकादेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म रहेका छन् ।

    कान्तिपुर टेलिभिजन र डिजिटल प्लेटफर्म ओ.एस.आरबाट शो आउन लागेको मिडिया एजेन्सी ए.डिले बताएको छ ।  एजेन्सीका शोको अनुसार मुख्य प्रायोजकमा डिशहोम फाईबरनेट, आई.एम.ई.लाईफ  शईन्स्योरेन्स, गोल्डस्टार शुज, यतिकार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै के.एल.दुगड रहेका छन् । भोटिङ पार्टनरमा खल्ती तथा मेक अप पार्टनर दीवान युनिसेक्स् सालोन् छन् ।

    सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहनेछन् । 

    यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । यो सिजका विजेताले पनि नगद रु २५ लाख तथा सोही बराबरको गाडी जित्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार