शनिबार, जेठ ५ गते २०८१

प्रधानमन्त्री कप क्रिकेट : एपीएफसँग केही लागेन बागमती प्रदेशको

प्रधानमन्त्री कप क्रिकेट : एपीएफसँग केही लागेन बागमती प्रदेशको

अखबार दैनिक
आइतबार, पुस २९ २०८०
  • प्रधानमन्त्री कप क्रिकेट : एपीएफसँग केही लागेन बागमती प्रदेशको

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ८९ रनले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विभागीय टोली एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो ।

    images

    जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने ४२.५ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रनमात्र बनाउन सक्यो । बागमती प्रदेशका लागि कप्तान रित गौतमले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

    रितले ६० रन बनाएका थिए । उनले ८९ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । बागमती प्रदेशका लागि ओपनर आशुतोष घिरैयाले पनि ४१ रनको योगदान गरेका थिए । उनले ५७ बलको सामना गरी पाँच चौका हिर्काएका थिए ।

    बागमती प्रदेशका लागि अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर इशान पाण्डे खाता खोल्नुअघि नै पभेलियन फर्किएका थिए । बिवेक मगर पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । प्रतीक श्रेष्ठ तीन रनमै पभेलियन फर्किए ।

    रविन जोशी २० रनमा अविजित रहे । विपिन आचार्य पाँच रनमा आउट भए । सोनु देवकोटा र प्रतिश जीसी एक–एक रनमा आउट भए । सूर्य तामाङ र रिजन ढकालले दुई–दुई रन जोडे । बागमती प्रदेशले अतिरिक्त रुपमा दुई रनमात्र पायो ।

    एपीएफ क्लबका बलर रोहित पौडेल एक्लैले चार विकेट लिएका थिए । उनले नौ ओभरमा एक मेडन राख्दै केवल २६ रन खर्चिएका थिए । मौसम ढकाल र अविनाश बोहराले पनि दुई–दुई विकेट हात पारे । पुरन बीके र भुवन कार्कीले एक–एक विकेट लिए ।

    त्यसअघि एपीएफका लागि सन्दीप जोराले शतकीय योगदान गरे । उनले एक सय १२ रन बनाएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीपले एक सय १७ बलको सामना गरी पाँच छक्का र सात चौका पनि प्रहार गरेका थिए ।

    एपीएफले केवल ४१ रनको कुल स्कोरमा पाँच विकेट गुमाइसकेको थियो । सन्दीपकै उत्कृष्ट ब्याटिङका कारण एपीएफ दुई सयभन्दा बढी रन बनाउन सफल भएको हो । ओपनर प्रज्ज्वल शाही १० र आसिफ शेख १५ रनमै आउट भएका थिए ।

    कप्तान रोहित पौडेल पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । सुमित महर्जन ६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । पूर्ण बीकेले त खातासम्म खोल्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान लोकेश बमले २७ रन बनाए ।

    भुवन कार्की १० रनमा पेभेलियन फर्किए । अमर रौतेलाले २२ रन जोडे । अविनाश बोहराले अविजित १८ र मौसम ढकालले अविजित एक रन बनाए । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो । बागमती प्रदेशका बलर सूर्य तामाङले तीन विकेट लिए । प्रतिस जीसी र रिजन ढकालले पनि दुई–दुई विकेट हात पारे । सोनु देवकोटाले एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार