आइतबार, जेठ ६ गते २०८१

सवा २ लाख जना शिक्षकलाई जागिर दिएर बिहारले बनायो रेकर्ड

सवा २ लाख जना शिक्षकलाई जागिर दिएर बिहारले बनायो रेकर्ड

अखबार दैनिक
आइतबार, पुस २९ २०८०
  • सवा २ लाख जना शिक्षकलाई जागिर दिएर बिहारले बनायो रेकर्ड

    एजेन्सी \ नयाँ दिल्ली । बिहारको लोक सेवा आयोग (बीपीएससी)ले सवा २ लाख जना शिक्षकलाई नियुक्ति दिएर रेकर्ड बनाएको छ । शनिबार पटनाको गान्धी मैदानमा नियुक्ति पत्र वितरण समारोहको आयोजना गरिएको थियो ।

    images

    बिहारका मुख्यमन्त्री नीतिश कुमारले गान्धी मैदानमा २६ हजार ९३५ जना समेत गरेर राज्यभरमा एक साथ ९६ हजार ८२३ जना नवनियुक्त शिक्षकलाई नियुक्ति पत्र दिएका थिए । शनिबार बीपीएससीको परीक्षा उत्तिर्ण भएकाहरुमध्ये २६ हजार ९३५ जनालाई नीतिश कुमार आफैँले नियुक्ति पत्र दिएका थिए ।

    अन्य ८५ हजार जनालाई भने अन्य मन्त्रीहरुले नियुक्ति पत्र दिएका थिए । सन् २०२३ को नोभेम्बरदेखि सन् २०२४ को जनवरीको बिचमा सवा २ लाख शिक्षकहरुलाई नियुक्ति पत्र दिने बिहार भारतको पहिलो राज्य बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ