आइतबार, जेठ ६ गते २०८१

विवाह बन्धनमा बाँधिए एसियाकै ‘मस्ट एलिजेबल ब्याचलर’ राजकुमार

विवाह बन्धनमा बाँधिए एसियाकै ‘मस्ट एलिजेबल ब्याचलर’ राजकुमार

अखबार दैनिक
आइतबार, पुस २९ २०८०
  • विवाह बन्धनमा बाँधिए एसियाकै ‘मस्ट एलिजेबल ब्याचलर’ राजकुमार

    सामाजिक सञ्जालमा सुन्दरता र सेनामा सेवाका लागि प्रशंसा बटुलिरहने ब्रुनईका राजकुमार अब्दुल माटिन विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाहको समारोह १० दिनसम्म चलेको थियो ।

    images

    राजकुमार अब्दुलले गत डिसेम्बरमा कुनै राजपरिवारको सदस्य नरहेकी याङ मुलिया अनिसा रोसानसँग सम्बन्धमा रहेको र इन्गेजमेन्ट गरेको खुलासा गरेका थिए । कुनै समय एसियाको सबैभन्दा ‘एलिजेबल ब्याचलर’ मानिएका ३२ वर्षीय राजकुमारको घोषणाले सबैलाई चकित बनाएको थियो ।

    _132273780_princeabdulmateen.png_oveiVn6fui.webp

    राजकुमारकी पत्नी २९ वर्षीया याङ ब्रुनाईका नेता सुल्तान हसानाल बोलकियाको सल्लाहकारकी नातिनी भएको बताइएको छ । उनको फेसन र पर्यटनसम्बन्धी कम्पनी रहेको बताइएको छ । 

    विवाहमा करिब ५ हजार पाहुना सहभागी थिए । पाहुनामा साउदी अरब र जोर्डनका राजपरिवारका सदस्य तथा इन्डोनेसिया, फिलिपिन्स लगायतका शीर्ष नेताहरू थिए ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार