शनिबार, जेठ ५ गते २०८१

फरक भूमिकामा फुटबलमा फर्कँदै जेरार्ड पिके

फरक भूमिकामा फुटबलमा फर्कँदै जेरार्ड पिके

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • फरक भूमिकामा फुटबलमा फर्कँदै जेरार्ड पिके

    काठमाडौँ । आफ्नो समयका प्रभावशाली स्पेनिस फुटबल खेलाडी हुन्, जेरार्ड पिके । विश्व फुटबलमा स्पेनलाई थुप्रै महत्वपूर्ण उपलब्धि दिलाएका यी खेलाडीले ब्यावसायीक खेलजीवनको अधिकांश समय भने बार्सिलोनामा बिताएका थिए ।

    images

    उनले सन् २०२२ को नोभेम्बर ५ तारिखमा अप्रत्यासित रुपमा ब्यवसायीक खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका थिए । त्यसअघि सन् २०१९ मै उनले राष्ट्रिय टोलीबाट पनि सन्न्यास लिइसकेका थिए । ब्यवसायीक खेलजीवनबाट सन्न्यास लिँदा पनि उनी स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामै थिए ।

    २५ वर्षभन्दा लामो समय फुटबल मैदानमा बिताएका यी प्रभावशाली खेलाडीको अप्रत्यासित सन्न्यासले धेरै समर्थकलाई निराश तुल्याएको थियो । ब्यवसायीक खेलजीवनबाट सन्न्यास लिएपछि उनी फुटबलबाट टाढिएका थिए ।

    यसबिचमा उनी पारिकारीक समस्यामा पनि अल्झिन पुगे । ३६ वर्षिय पिके लामो समय पत्नी साकिरासँगको बिग्रँदो सम्बन्ध र क्लारा चिया मार्टीसँगको बढ्दो निकट्ताजस्ता ब्यक्तिगत समस्यामा अल्झिएका थिए ।

    तर, उनले जसरी अप्रत्यासित रुपमा ब्यवसायीक खेलजीवनलाई ‘बाई बाई’ गरेका थिए ठिक त्यही शैलीमा उनले आफू पुनः फुटबल जगतमा फर्कने संकेत गरेका छन् । सन् २०२४ को पहिलो महिना नै उनले आफू पुनः फुटबलमा फर्कने संकेत दिएका हुन् ।

    ‘हामी अझै नयाँ वर्षको उल्लासमै छौँ । यही अवसर पारेर मैले पुनः फुटबलमा फर्कने निर्णय लिएको छु,’ पिकेले सामाजिक सञ्जाल एक्स (साविकको ट्विटर) मार्फत भनेका छन्, ‘यसबिचमा मैले आफ्नो खेलजीवनलाई निकै सम्झिएँ । त्यसैले म फेरि फुटबलमा फर्कँदै छु तर, यसपटक खेलाडीको भूमिकामा होइन । सम्भवतः प्रशिक्षकको भूमिकामा म छिट्टै फुटबल मैदानमा देखा पर्नेछु ।’

    पिकेले आफू प्रशिक्षकको भूमिकामा फुटबलमा फर्कन लागेको बताए पनि यस विषयमा विस्तृत जानकारी दिएका छैनन् । ‘यस विषयमा विस्तृत कुरा म यसै साताको अन्त्यतिर सार्वजनिक गर्नेछु,’ उनले भनेका छन् ।

    यसबिचमा पिकेले आफू जन्मिएको सहर बार्सिलोनामा ‘किङ्स लिग’ पनि सुरु गरेका छन् । उनले यो फुटबल लिगलाई अन्य सहर र राष्ट्रमा पनि विस्तार गर्दै लैजाने योजना बनाएका छन् । उनलाई यो अभियानमा उनको पूर्वसहकर्मी इकेर कासियास र कुन अग्वेरोले पनि सहयोग गरेका छन् ।

    केही समाचारमा पिके स्पेनिस लिगको कुनै क्लबलमा प्रशिक्षकको बन्ने दाबी पनि गरिएको छ । यसका अतिरिक्त पिके स्पेनिस लिगको दोस्रो डिभिजनको क्लब एन्डोराको मालिक पनि हुन् । उनी त्यही क्लबको प्रशिक्षकका रुपमा देखा पर्ने अनुमान पनि गरिएको छ । तर, धेरै फुटबल विश्लेषकहरुले भने उनी कुनै ठूलै स्पेनिस क्लबको प्रशिक्षक बन्ने अनुमान गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार