आइतबार, जेठ ६ गते २०८१

अयोध्याको राम मन्दिरमा नेपाली पुजारी

अयोध्याको राम मन्दिरमा नेपाली पुजारी

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • अयोध्याको राम मन्दिरमा नेपाली पुजारी

    नयाँदिल्ली । अयोध्यामा निर्माण भएको राममन्दिर उद्घाटनको दिन नजिकिएसँगै भारतभरि चर्चा चुलिएको छ । त्यससँगै मन्दिरमा नेपाली पुजारी रहेको विषयले पनि थप चर्चा पाएको छ ।

    images

    जनवरी २२ मा उद्घाटन हुने मन्दिरका मुख्य आचार्य झापाका दुर्गाप्रसाद गौतमको व्यस्तता बढेको छ । मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा हुने र त्यससँग जोडिएका सम्पूर्ण विधि-विधानको तयारीमा उनको व्यस्तता बढेको हो ।

    ३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन् । मन्दिरको मूल पुजारी भने सत्येन्द्र दास हुन् । उनले दैनिक पूजाआजा र आरती गर्ने गर्छन् । तर, मन्दिरमा हुने कुनै पनि ठूला अनुष्ठान, पूजापाठ, महत्त्वपूर्ण व्यक्तिहरूको आगमनमा हुने पूजाआजाको नेतृत्व भने गौतमले गर्दै आएका छन् । ‘ट्रस्टले मलाई विश्वास गरेर जिम्मेवारी दिएदेखि हरेक दिन म मन्दिर पुगेको छु । आफ्नो ज्ञानले भ्याएसम्म आवश्यक सबै अनुष्ठान गराउँदै आएको छु,’ गौतमले भने, ‘अहिले पनि विश्वभरका सम्पूर्ण हिन्दुले प्रतीक्षा गरिरहेको राममन्दिरमा मूर्तिको प्राण प्रतिष्ठाको तयारीमा लागेको छु ।’


    प्रधानमन्त्री नरेन्द्र मोदीले २०२० अगस्त ५ मा मन्दिर निर्माणका लागि भूमिपूजन र शिलान्यास गरेका थिए । त्यसको विधिविधान र पूजापाठमा गौतमको सक्रिय सहभागिता थियो । भूमि पूजापछि पनि मन्दिर निर्माणका क्रममा धेरै पूजापाठहरू हुँदै आएका छन् ।

    मन्दिरमा ढोका राख्दा होस् वा नवशिलाको प्रयोगपूर्वको प्रायः सबैजसो पूजा गौतमले गराउँदै आएका छन् । झापा मेचीनगर १ का खड्गप्रसाद गौतमका जेठा छोरा दुर्गाप्रसाद सन् २००६ देखि अयोध्यामा छन् । उनले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य गरेका छन् ।

    durgaprasad-nimto.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ