शनिबार, जेठ ५ गते २०८१

मनिष बने एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली

मनिष बने एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • मनिष बने एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली

    २६ पुस, काठमाडौं । नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् ।

    images

    मनिषले मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स प्राप्त  गरेका हुन् । मनिष तीन वर्षदेखि आईलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक छन् । उनी हाल  कलिंगा सुपर कपका लागि आफ्नो टोलीसँग ओडिशामा छन्  ।

    आई लिगमा आवद्ध  हुने उनी पहिलो नेपाली प्रशिक्षक समेत हुन् । उनलेआई लिग उपाधि पनि जितेका छन् ।मनिषले गत सिजन शही स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबको गोलकिपर प्रशिक्षकका रूपमा काम गरेका थिए ।

    विराटनगरका उनले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसीटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेले ।

    मनिषले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । उनले नेपाली यु-१५ राष्ट्रिय  टोलीको गोलकिपर प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार