आइतबार, जेठ ६ गते २०८१

एलिना चौहान भन्छिन्: ज्योति मगरविरुद्ध ‘भद्दा मजाक’ नगर्नुस्

एलिना चौहान भन्छिन्: ज्योति मगरविरुद्ध ‘भद्दा मजाक’ नगर्नुस्

अखबार दैनिक
बुधबार, पुस २५ २०८०
  • एलिना चौहान भन्छिन्: ज्योति मगरविरुद्ध ‘भद्दा मजाक’ नगर्नुस्

    काठमाडौं । भाइरलको लागि जे पनि गर्न तयार हुने ज्योति मगर स्टेजमा लडेको घटनामा ‘भद्दा मजाक’ नगर्न गायिका एलिना चौहानले आग्रह गरेकी छिन् ।

    images

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गायिका चौहानले उक्त भिडिओलाई लिएर ज्योति मगरमाथि ‘भद्दा मजाक’ भइरहेको र त्यसो नगर्न आग्रह गरेकी हुन् ।

    उनले लेखेकी छिन्, ‘म एक कलाकार भएको हिसाबले कार्यक्रममा आफू अघिका दर्शकलाई रुझाउन अनि उहाँहरूको ध्यान आफू प्रति खिच्न कति कठिन छ त्यो मैले मजाले महसुस गर्न सक्छु । उक्त भिडिओलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो। कृपया त्यसो नगरिदिनुहोला। सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदिनै पनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो ।’ उनले साङ्गीतिक कार्यक्रममा दुर्घटना हुन नदिन आयोजकलाई जिम्मेवार र गम्भीर बन्न पनि सुझाव दिएकी छिन् ।

    इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा गायिका ज्योति मगर गीत गाउँदै नाचिरहेकी थिइन् । सो क्रममा स्टेज भ्वाङ परेको थियो । घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार