शनिबार, जेठ ५ गते २०८१

रन लिने क्रममा पिचमा नै ब्याट्सम्यानको मृत्यु

रन लिने क्रममा पिचमा नै ब्याट्सम्यानको मृत्यु

अखबार दैनिक
बुधबार, पुस २५ २०८०
  • रन लिने क्रममा पिचमा नै ब्याट्सम्यानको मृत्यु

    एजेन्सी \ नोएडा । भारतको नोएडामा भएको क्रिकेट खेलमा पिचमा नै एक ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भएको थियो । अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भयो । 

    images

    मृतक ३४ वर्षीय विकास नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो । 

    उमेश कुमार र विकास पिचमा थिए। १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन-स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए ।

    यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई बचाउनको लागि सीपीआर दिए ।  उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो।

    हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उनले ६ बल खेलेका थिए, तब उनको टोलीको स्कोर १३.५ ओभरमा ५ विकेट गुमाएर १४३ रन थियो । 

    उक्त खेल युट्युबबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । पहिले ब्याटिङ गरेको ब्लेजिङ बुल्सले १९.२ ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

    दुई टोलीबीचको खेल एसएण्डबी इन्डिया वार्षिक क्रिकेट प्रतियोगितामा भइरहेको थियो । घटनापछि प्रतियोगिता रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार